गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुखको कर्तुत : गाडीको चावी खोस्नेदेखि गाली गलोज गर्नेसम्म

लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुखको कर्तुत : गाडीको चावी खोस्नेदेखि गाली गलोज गर्नेसम्म

प्रकाशित मिति:

वैखरी अनलाईन : लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन विभिन्न अराजक गतिविधिमा लिप्त भएको खुलासा भएको छ । उनले आफ्नो मान मर्यादा भन्दा बाहिर गएर नगरपालिकामा अराजक गतिविधि गरेको खुलासा भएको हो । उनी राजनीतिका मानक सिद्धान्तहरु बिर्सेर अराजनितिक गतिविधिमा संलग्न भएको स्रोतको दाबी छ ।

एउटी नेतृ अफनो स्वार्थ सिद्ध नहुँदा कुन स्तर सम्म गिर्न सक्दा रहिछन त्यसको ज्वलन्त नमुना बनेकि छिन उपप्रमुख हरिजन ।

उक्त नगरपालिका स्रोतका अनुसार आफूले भनेजस्तो नभएपछि प्रतिशोध साँधेर उपप्रमुख हरिजनले प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको सरुवा गराएकी छन् । तर उनको गलत हर्कत यत्तिमै रोकिँदैन । अहिले उनी प्रमुख प्रशासकीय अधिकृत पाण्डे विरुद्ध सामिजक संजालमा आफ्ना कार्यकर्ता मार्फत गाली बेइज्जतीको तहमा ओर्लेकि छन ।

गत साउन १ गते करारका कर्मचारीको नविकरण गर्ने–नगर्ने विषयमा छलफल भएको थियो । उक्त नगरपालिकामा यस्ता करिब ३० कर्मचारी थिए ।

उक्त छलफलका क्रममा कार्य सम्पादन राम्रो भएकालाई निरन्तरता दिने निर्णय भएको थियो । तर, कार्य सम्पादन कमजोर भएका, दरबन्दीमा नपरेका, सिमित अवधि र कामका लागि नियुक्त गरिएका व्यक्तिलाई हटाउने निर्णय भएको थियो ।

 

छलफलबाट न्युन आर्थिक भार पर्ने गरी ज्यालादारीमा केही कर्मचारी नियुक्त गर्ने निर्णय समेत गरिएको थियो । नगरपालिकाका अनुसार साउनमा कानुनी सल्लाहाकार, चालक, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, असिसटेन्ट सब इन्जिनियर गरेर ११ जना ज्यालाका कर्मचारी राखिएको छ । यसमा प्रमुख, उपप्रमुखले भनेका व्यक्ति समेत छन् ।

 

प्रमुख प्रशासकीय अधिकृत पाण्डेलेनगरप्रमुख सजरुदिद्न मुसलमानको सल्लाहमा नै यो निर्णय गरेका थिए ।

उपप्रमुख हरिजनले आफूले भने जत्तिका कर्मचारी नियुक्त नगरिएको भन्दै आपत्ती जनाइन । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेले यस विषयमा नगर प्रमुखसित कुरा गर्न सुझाव दिए । तर उपप्रमुख हरिजन भने प्रमुखसित छलफल नगरेर उल्टै पाण्डे बिरुद्ध अभियान चलाएको स्रोत बताउँछ ।

 

उनले करार सेवाबाट हटाइएका र नगरपालिकाका केही स्थायी कर्मचारीलाइ गुटबन्दी गरेर पाण्डे बिरुद्ध अभियानमा लागेकि छन् । स्रोतका अनुसार उपप्रमुख हरिजन आफ्नो पार्टी एमालेको नगर कमिटिमा सहयोगका लागि पुगेकी थिइन । तर नगर कमिटिले प्रशासनिक विषय भएकाले यसबारेमा नगरपालिका भित्रै समाधान खोज्न सुझाव दियो ।

तर समस्याको सहज समाधान खोज्नुको साटो उपप्रमुख प्रमुख प्रशासकीयको सरुवाका लागि दबाब दिन काठमाडौं पुगिन । सम्बन्धित मन्त्रालय र सचिवले सरुवाका लागि नगर प्रमुखको सहमती जरुरी रहेको बताउँदै फर्काएका थिए । तर उपप्रमुख थामिनन् । उनले एमाले बाहेक दलको समेत सहयोग लिएर पाण्डेको सरुवा गराएको नगरपालिका भित्र चर्चा चलिरहेको छ ।

 

सरुवा पत्र फेसबुकमा राख्न लगाएर कानूनकै धज्जी उडाइन
उप प्रमुख हरिजनले प्रमुख प्रशासकीय पाण्डेको सरुवा भएको पत्र आफना सहयोगीलाई सामाजिक सञ्जालमा राख्न लगाएकि छन । असार २१ गते राति उनका सहयोगी राहुल गौतमले सरुवा पत्र सामाजिक सञ्जालमा राखेको देखिन्छ । कानून अनुसार यसरी कुनै कार्यालय वा व्यक्तिको व्यक्तिगत पत्र वा विवरण अनुमति बेगर सार्वजनिक गर्न मिल्दैन ।

 

स्रोत भन्छ यो त गोप्यताको उलंघन हो नै साथै विद्युतीय कारोबार ऐन विरुद्धको कार्य पनि हो । तर उनको यस पछाडीको उद्देश्य भनेको प्रमुख प्रशासकीय पाण्डेलाई बदनाम गराउने प्रष्ट देखिन्छ ।

प्रमुख प्रशासकीय पाण्डेले आफ्नो सरुवा भएको खबर पाएको तर, आधिकारिक पत्र प्राप्त नभएको बताए । ‘सरुवाका पनि विधि र पक्रिया हुन्छन्,’ उनले भने, ‘तर, अहिलेको पक्रियाले म लगायत सम्पूर्ण कर्मचारीको प्रतिष्ठामा ठेस पुग्छ । यसले मनोबल गिराउँछ । साथै स्थानीय तहमा बिकृती बढ्छ ।’ उनले उपप्रमुखले अफनो सामाजिक प्रतिष्ठामा ठेस पुर्याउने कार्य गरेको बताए । यसको कानूनी उपचार खोज्ने समेत बताए ।

माइन्युट र गाडीको चाबी खोसिन
नगरपालिकाका अनुसार उपप्रमुख हरिजनमाथि नगरसभा र कार्यपालिकाको माइन्युट हेर्ने बहानामा मागेर आफ्नो घरमा लुकाएको आरोप लागेको छ । प्रमुख प्रशासकीयले कार्यालयका कर्मचारीलाई माइन्युट सुरक्षित राख्न जिम्मा लगाएका थिए ।

गत साउन १५ गते ती माइन्युट नगर प्रमुखले खोजी गर्दा उपप्रमुखले आफूले घरमा लगेको जानकारी गराएकी थिइन । ‘नगर प्रमुखले माइन्युट माग्दा उप प्रमुखले मेरो घरमा छ भन्नुभयो,’ नगरापालिकाका एक कर्मचारीले भने, ‘माइन्युट यसरी घरमा लैजान मिल्दैन ।’
पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको चाबी चालकसँग खोसेकी छन् ।

साउन २२ गते उनले सार्वजिनक स्थलमै सवारी चालकलाइ गाली गलौज गरी गाडीको चाबी खोसेकी हुन ।उपप्रमुख हरिजनले शिक्षक र तल्लो तहका कर्मचारीलाई थर्काउने र हप्काउने समेत गर्ने गरेको पीडित कर्मचारी बताउँछन् । कर्मचारी भन्छन उनी क्रोध र प्रतिशोधको ज्वालामा छिन । जे पनि बोल्न र गर्न सक्छिन । उनले भने उनलाइ जिताउने जनताले समेत पश्चताप मानी रहेका होलान ।

सम्बन्धित् समाचार