गृहपृष्ठ Featured रुकुम पूर्व दुर्घटना : घाइतेहरुलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

रुकुम पूर्व दुर्घटना : घाइतेहरुलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

प्रकाशित मिति:

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाईते भएकाहरुलाई नेपालगञ्ज लगिएको छ।

आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो।

दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रविन्द्र श्रेष्ठ, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवानहरु सन्तोष बुढामगर, ईन्द्र घर्ती र लक्ष्मण पुन घाइते भएका छन्।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ। गाडी सडकबाट झण्डै सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न कसेको छैन।

सम्बन्धित् समाचार