गृहपृष्ठ Featured सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

सांसद हाजिर गरेर हिँडेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

प्रकाशित मिति:

काठमाडौँ : प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थितिको अभावमा स्थगित भएको छ । सांसदहरूले हाजिर गरेर बाहिरिँदा प्रतिनिधिसभामा विधेयक पारित गर्ने प्रक्रिया नै अवरुद्ध हुन पुगेको हो । बैठक प्रारम्भ हुँदा १७९ सांसदले हाजिर गरे पनि बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्दा भने ६७ सांसद मात्रै उपस्थित रहेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटसम्म स्थगित भएपछि पनि एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित गर्ने क्रममा सांसदहरूको गणपूरक संख्या नपुगेको हो । उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा ६७ सांसद उपस्थित थिए । त्यसपछि १५ मिनेट सभा बैठक स्थगित गरिएको थियो । १५ मिनेट बैठक स्थगित गर्दा पनि सांसदहरूको संख्या ६९ नपुगेपछि कार्यसूचीमा रहेका बाँकी बिजनेस सूचीबाट हटाएर बैठक नै स्थगित गर्नुपरेको हो ।

सम्बन्धित् समाचार