गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुख हरिजनको उद्दण्डता !

लुम्बिनी साँस्कृतिक नगरपालिकामा उपप्रमुख हरिजनको उद्दण्डता !

प्रकाशित मिति:

लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुखको रुपमा पद बहाली गरेकि कल्पना हरिजन एक पछि अर्को उद्दण्ड गतिविधि गरी रहेको अहिले चर्चामा छ ।

समग्र नगरको विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उपप्रमुख व्यक्तिगत सेवा सुविधाको बढोत्तरी मात्र होइन राजनीतिक भन्दा व्यक्ति केन्द्रित प्रतिशोधमा उत्रेकि छन । नेकपा एमाले बाट उपप्रमुख निर्वाचित हरिजन राजनीतिका स्थपित मूल्य मान्यताहरु बिर्सेर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डे विरुद्ध अभियान चलाइ रहेकि छिन ।

एउटी नेतृ अफनो स्वार्थ सिद्ध नहुँदा कुन स्तर सम्म गिर्न सक्दा रहिछन त्यसको ज्वलन्त नमुना बनेकि छिन उपप्रमुख हरिजन । उनको लाज लजाउने उद्दण्ड हर्कतहरुलाई हामीले केलाउने प्रयास गरेका छौँ ।

उद्दण्डता १ : गैर कानूनी सुविधा माग
गएको जेठ ११ गते उपप्रमुखको रुपमा पदबहाली गरे लगत्तै हरिजनले प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डे समक्ष आफ्ना ज्वाईँ राहुल गौतमलाई स्वकीय सचिवमा भर्ना र नयाँ गाडी मागको प्रस्ताव राखिन ।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले उपप्रमुखको सेवा सुविधा प्रदेश कानून बमोजिम हुने र उपप्रमुखलाई स्वकीय सचिव दिने प्रावधान नभएको तथा गाडीको हकमा नगरपालिकाको स्रोत साधनले भ्याएमा आउने आर्थिक वर्षमा नगर सभाले बजेट विनियोजन गरेमा मात्रै किन्न सकिने बताउनु भयो । स्रोत भन्छ यही विन्दुबाट नै उपप्रमुख हरिजनले पाण्डेसँग विवाद सुरु गरिन ।

उद्दण्डता २ : भने जतिका कर्मचारी भर्ना नभए पछि प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अभियान
गत असार ३० गते प्रमुख प्रशासकीय अधिकृत पाण्डे र नगर प्रमुख सजरुदिद्न मुसलमान बिच करारका कर्मचारीको नविकरण विषयमा छलफल भएको थियो । उक्त छलफलका क्रममा कार्य सम्पादन राम्रो भएकालाई निरन्तरता दिने निर्णय भएको थियो । तर, कार्य सम्पादन कमजोर भएका, दरबन्दीमा नपरेका, सिमित अवधि र कामका लागि नियुक्त गरिएका कर्मचारीलाई हटाउने सल्लाह भएको थियो ।

छलफलबाट न्युन आर्थिक भार पर्ने गरी केही कर्मचारी ज्यालादारीमा भर्ना गर्ने निर्णय समेत गरिएको थियो । नगरपालिकाका अनुसार साउनमा चालक, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, असिसटेन्ट सब इन्जिनियर लगायत ११ जना ज्यालाका कर्मचारी राखिएको छ । यसमा नगर प्रमुख र उपप्रमुखले भनेका व्यक्ति रहेका छन् ।

उपप्रमुख हरिजनले आफूले भने जत्तिका कर्मचारी नियुक्त नगरिएको भन्दै आपत्ती जनाइन । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेले यस विषयमा नगर प्रमुखसित कुरा गर्न सुझाव दिए । तर उपप्रमुख हरिजन भने प्रमुखसित छलफल नगरेर उल्टै पाण्डे बिरुद्ध अभियान चलाएको स्रोत बताउँछ ।

उनले करार सेवाबाट हटाइएका र नगरपालिकाका केही स्थायी कर्मचारीलाइ गुटबन्दी गरेर पाण्डे बिरुद्ध अभियानमा लागेकि छन् । अहिले उनी प्रमुख प्रशासकीय अधिकृत पाण्डे विरुद्ध सामिजक संजालमा आफ्ना कार्यकर्ता मार्फत गाली बेइज्जतीको तहमा अर्लेकि छन ।

उद्दण्डता ३ : प्रतिशोधमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा
उक्त नगरपालिका स्रोतका अनुसार आफूले भनेजस्तो नभएपछि प्रतिशोध साँधेर उपप्रमुख हरिजनले प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको सरुवा गराएकी छन् । स्रोत भन्छ साउन १२ गते उपप्रमुख हरिजन प्रमुख प्रशासकीय अधिकृत पाण्डेको सरुवा गराउन काठमाण्डौं पुगेकि थिइन ।

सम्बन्धित मन्त्रालय र सचिवले सरुवाका लागि नगर प्रमुखको सहमती जरुरी रहेको बताउँदै फर्काएका थिए । तर उपप्रमुख भने एमाले र माओवादी दलको समेत सहयोग लिएर पाण्डेको सरुवा गराएको नगरपालिका भित्र चर्चा चलिरहेको छ ।

उद्दण्डता ४ : सरुवा पत्र फेसबुकमा राख्न लगाएर कानून कै धज्जी उडाइन
उपप्रमुख हरिजनले प्रमुख प्रशासकीय पाण्डेको सरुवा भएको पत्र आफना सहयोगी राहुल गौतम मार्फत सामाजिक सञ्जालमा राख्न लगाएकि छन । असार २१ गते राति उनका सहयोगी राहुल गौतमले सरुवा पत्र सामाजिक सञ्जालमा राखेको देखिन्छ ।

कानून अनुसार यसरी कुनै कार्यालय वा व्यक्तिको व्यक्तिगत पत्र वा विवरण अनुमति बेगर सार्वजनिक गर्न मिल्दैन । स्रोत भन्छ यो त गोप्यताको उलंघन हो नै साथै विद्युतीय कारोबार ऐन विरुद्धको कार्य पनि हो । तर उनको यस पछाडीको उद्देश्य भनेको प्रमुख प्रशासकीय पाण्डेलाई बदनाम गराउने प्रष्ट देखिन्छ ।

प्रमुख प्रशासकीय पाण्डेले आफ्नो सरुवा भएको खबर पाएको तर, आधिकारिक पत्र प्राप्त नभएको बताए । ‘सरुवा भइ आउने र जाने पनि विधि र पक्रिया हुन्छन्,’ उनले भने, ‘तर, अहिलेको पक्रियाले म लगायत सम्पूर्ण कर्मचारीको प्रतिष्ठामा ठेस पुग्छ । यसले मनोबल गिराउँछ । साथै स्थानीय तहमा बिकृती बढ्छ ।’ सम्बन्धित कार्यालय र कर्मचारीको हातमा पर्नुपर्ने पत्र सामाजिक संजालममा राखेर कानूनको धज्जी उडाइएको छ । उनले उपप्रमुखले अफनो सामाजिक प्रतिष्ठामा ठेस पुर्याउने कार्य गरेको बताए ।

यसको कानूनी उपचार खोज्ने समेत बताए ।

उद्दण्डता ५ नगर सभा र कार्यपालिकाको माइन्युट लुकाइन
नगरपालिकाका अनुसार उपप्रमुख हरिजनमाथि नगरसभा र कार्यपालिकाको माइन्युट हेर्ने बहानामा मागेर आफ्नो घरमा लुकाएको आरोप लागेको छ । प्रमुख प्रशासकीयले कार्यालयका कर्मचारीलाई माइन्युट सुरक्षित राख्न जिम्मा लगाएका थिए ।

गत साउन १५ गते ती माइन्युट नगर प्रमुखले खोजी गर्दा उपप्रमुखले आफूले घरमा लगेको जानकारी गराएकी थिइन । ‘नगर प्रमुखले माइन्युट माग्दा उप प्रमुखले मेरो घरमा छ भन्नुभयो,’ नगरापालिकाका एक कर्मचारीले भने, ‘भएका निर्णयका विषयमा जानकारी लिन पाइन्छ तर माइन्युट यसरी घरमा लैजान मिल्दैन ।’

उद्दण्डता ६ प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको चावी खोसिन
प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको चाबी चालकसँग खोसेकी छन् । साउन २२ गते उनले सार्वजिनक स्थलमै सवारी चालकलाइ गाली गलौज गरी गाडीको चाबी खोसेकी हुन । प्रमुख प्रशासकीय अधिकृतलाइ घरबाट लिन जान लागेको गाडीको चालकलाइ दुर्व्यवहार गरी कार्यलयमै दादागिरी देखाएकि छन ।

उद्दण्डता ७ : कर्मचारी र सेवाग्राहीलाई थर्काउने र हप्काउने
उपप्रमुख हरिजनले सेवाग्राही शिक्षक र तल्लो तहका कर्मचारीलाई थर्काउने र हप्काउने समेत गर्ने गरेको पीडित कर्मचारी बताउँछन् ।

उनले आफुलाइ भारतको पूर्ववर्ती मायावती सरकार हुँ भनी चिनउँछिन । सेवाग्राहीलाइ समेत यहाँको न्यायाधीश हुँ भनी धाक देखाउँछिन । उनको अहं र अहंकारले सेवाग्राहीले सास्ती पाएका छन । कर्मचारी भन्छन उनी क्रोध र प्रतिशोधको ज्वालामा मानशिक सन्तुलन गुमाएकि जस्तो भएकि छन । जे पनि बोल्न र गर्न सक्छिन । उनले भने उनलाइ जिताउने जनताले समेत पस्चाताप मानी रहेका होलान ।

उद्दण्डता ८ योजना कार्यान्वयन र सेवा प्रवाहमा अवरोध
उपप्रमुख हरिजनले नगरसभा र कार्यपालिकाको माइन्युट घरमा लुकाएकोले वार्षिक नीति तथा कार्यक्रम र योजनाको किताब छपाइ हुन सकेको छैन । यसले गर्दा चालु वर्षको योजना कार्यान्वयनमा अवरोध भएको छ ।

यस्तै उनले वडा सचिवको रुपमा जिम्मेवारी दिइएका कर्मचारीलाइ समेत उक्साएर अभियानमा सहभागी गराएकि छन । यसबाट वडा कार्यालयबाट हुने पंजीकरण लगायतका कामहरु प्रभावित बनेका छन ।

सम्बन्धित् समाचार