गृहपृष्ठ खबर बाणगंगाका मेयर अर्यालले भने- ‘तीजमा मौलिकता हराउँदै गयो’

बाणगंगाका मेयर अर्यालले भने- ‘तीजमा मौलिकता हराउँदै गयो’

सागर वि.क.,वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले तीजमा मौलिकता क्रमश हराउँदै गएको बताएका छन् । नारीहरुको महान पर्व हरितालिका तीजमा पहिले जस्तो मौलिकता नझल्कने भन्दै उनले चिन्ता व्यक्त गरे ।

बाणगंगा नगरपालिका वडा नं.२ ले बुधबार आयोजना गरेको तीज गित प्रतियोगितामा बोल्दै मेयर अर्यालले यस्तो बताएका हुन् । ‘हाम्रो आमा, हजुरआमाको बेलामा तीज यसरी मनाउने चलन थिएन्, पहिले मनाउने तीजमा मौलिकता पाईन्थ्यो तर अहिले त्यो मौलिकता हराउँदै गयो’ उनले भने, ‘होटल, रिसोर्टहरुमा गएर दर खाने, नाँच्ने गाउने चलनको विकास भएको छ ।’

महिलाहरुका दुःख, वेदनालाई पोख्ने चार्डका रुपमा रहेको तीजमा अहिले पश्चिमी संस्कृत मौलाउँदै गएको उनले बताए । नारीहरुको पर्व तीजलाई नारीहरुको सभ्यता, आर्दशसंग मिल्ने गरि सभ्य तरिकाले मनाउन मेयर अर्यालले आग्रह गरे ।

उप-प्रमुख रिता कुमारी चौधरीले तीजमा भित्रिएको विकृतिलाई हटाउँदै जान आवश्यक रहेको बताईन् । पछिल्लो समय तीजका गितहरु घर, परिवारसंग बसेर हेर्न, सुन्न नसकिने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले नारिहरुको महान पर्व तीजलाई मौलिकता झल्किने गरि मनाउन आवश्यक रहेको बताए । वडाले परम्परागत रुपमा नारिहरुले मनाउँदै आएको पर्व तीजलाई विगतदेखि नै संरक्षण प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष पौडेलले प्रतिवद्धता जनाए ।

सम्बन्धित् समाचार