गृहपृष्ठ Featured कपिलवस्तुमा दिउँसै गोली प्रहार गरेर हत्या

कपिलवस्तुमा दिउँसै गोली प्रहार गरेर हत्या

बाणगंगा, वैखरी अनलाईन ।

कपिलवस्तुमा एक अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाँउपालिका वडा नं। ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको गोली प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा शुक्रबार दिउँसो गोली हानी हत्या गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार