रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका-१ का २७ वर्षीय राज चौधरी रहेका छन्।
घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ।








