वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुका केही पालिकाले भदौ १९ गते आइतबार सार्वजनिक बिदा दिएका छन् । थारु समुदायको ‘बड्की आइतबार’ पर्वको अवसरमा बिदा दिएका हुन् ।
जिल्लाको बाणगंगा नगरपालिका, शिवराज नगरपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिकाले एक सुचना जारी गर्दै आइतबार स्थानीय बिदा दिने जानकारी दिएका छन् ।
पालिकाहरुले पालिकाका कार्यालय, मातहतका वडा कार्यालयहरू, विषयगत शाखा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय बिदाबाट कट्ने गरी कार्यपालिकाको निर्णयाअनुसार बिदा दिइएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।








