सागर वि.क.वैखरी अनलाईन ।
रुपन्देहीमा जंगलमा प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । ७ महिनाकी गर्भवती प्रमेकाको हत्यामा गरि फरार रहेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ७ निवासी ३६ बर्षीय काशिराम मुराउ पक्राउ परेका हुन् ।
मुराउलाई यही भदौ १६ गते पक्राउ गरिएको हो ।
२०७७ साल माघ १० गते दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका- ११ शितलापुर फायरलाईन महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ रहेको शान्ति सामुदायिक बनको घना जंगलमा सात महिनाको गर्भ समेत पेटमा रहेकी ३४ बर्षीय ‘वसन्ती’ भन्ने धन कुमारी अर्यालको शव वेवारिसे अवस्थामा फेला परेका थियो ।
मृतक महिलाको घर गुल्मी साविक अर्खवाङ गाविस- २ भई रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा बस्ने गरेको र उनको पुर्व श्रिमान तर्फ दुई छोरी समेत रहेका थिए ।
मृतक वसन्ता र प्रतिवादी काशीराम मुराउ बिच विगत ४ बर्ष पहिले देखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सालझण्डीले वैखरी अनलाईलाई जानकारी दिएको छ ।
यता प्रतिवादी मुराउको घरमा पनि श्रिमति, तिन छोरी र एक छोरा समेत थिए ।
अवैध सम्बन्धबाट गर्भ रहन गएकाले मुराउले प्रेमिका वसन्तालाई जंगलमा लई घाँटी थिचेर हत्या गरी रुखमा बाँधेर फरार भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको प्रहरीले जनाएको छ ।
मुराउलाई जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।