गृहपृष्ठ खबर कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नि:शुल्क दन्त शिविर : ३ सय बढीले लिए सेवा

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा नि:शुल्क दन्त शिविर : ३ सय बढीले लिए सेवा

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु उद्योग बाणिज्य संघले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

संघले शनिबार कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरमा दन्त शिविर सम्पन्न गरेको हो ।

 

सिमली फान्डेसनकी संचालिका स्वर्गीय लिला अर्यालको ४५औं पुण्य तिथिमा शिविर आयोजना गरिएको हो । शिविरबाट ३ सय २ जना बढीले लाभ लिएका छन् ।

शिविरमा सहभागि पुर्वमन्त्री तथा राजदुत दिपकुमार उपाध्याय, लुम्बिनी प्रदेश सासंद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, विष्णु प्रसाद न्यौपानेले स्वर्गीय लिला अर्यालको ४५औं पुण्य तिथिमा यस्तो सामाजिक कार्य गर्नु आफैमा महान कार्य भएको बताएका थिए ।

उनीहरुले स्वर्गीय लिला अर्यालको स्मरण गर्दै उहाँ एक सामाजिक व्यक्तित्व भएको र उहाँको असामाहिक निधनले समाजलाई नै ठूलो क्षति भएको बताए ।


कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले आर्थिक अवस्था कमजोर भई सुविधा सम्पन्न डेन्टलहरुमा गई उपचार गराउन नसक्नेहरुका लागी यस शिविर महत्वपूर्ण सावित भएको दाबी गरे ।

बाणगंगावासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर कपिलवस्तु उद्योग बाणिज्य संघले दन्त शिविर गरेको र आगामी दिनमा पनि यस्ता शिविरहरु आयोजना गर्दै जाने अध्यक्ष घिमिरेले प्रतिवद्धता व्यक्त गरे । उनले स्वास्थ्य मानव जीवनको एक महत्वपूर्ण पक्ष भएकाले त्यसप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।

 

कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलका अनुसार शिविरमा डाक्टर शिशिर अर्यालसहितको दन्त चिकित्सकको समूहले सेवा दिएको थियो ।

कपिलवस्तु सामुदायिक अस्पताल सहआयोजक रहेको शिविरको प्रायोजकको रुपमा अन्र्तराष्ट्रिय सिमली फाण्डेसन नेपाल र सिमली डेन्टल केयर प्रा.लि. बुटवल रहेका थिए । शिविरमा अत्याधुनिक मेसिनद्धारा निशुल्क औषधीसहित दाँत स्कानिङ्, किराले खाएको दाँतमा सिमेन्ट भर्ने, आर.सि.टि.सेवा एवम् जटिल रोगीलाई अप्रेसन गर्नु पर्ने भएमा ५० प्रतिशत छुटको व्यवस्था रहेको थियो ।

सम्बन्धित् समाचार