गृहपृष्ठ Featured एमाले कपिलवस्तु क्षेत्र नं. १ ले प्रदेश र सघंका लागी को-कोलाई गर्‍यो सिफारिस ?

एमाले कपिलवस्तु क्षेत्र नं. १ ले प्रदेश र सघंका लागी को-कोलाई गर्‍यो सिफारिस ?

प्रकाशित मिति:

पार्वती पाण्डे
कपिलवस्तु १८ भदौ ।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि १ , प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा निर्वाचन क्षेत्र १ (ख) को संयुक्त वैठकले मंशिर ४ मा हुने आम निर्वाचनका निम्ती उम्मेदवारको नाम सिफारिस गरेको छ ।

 

आज वाणगंगामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा १ का लागि केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , जिल्ला उपाध्यक्ष विश्राम थारु , पुर्व मन्त्री दान वहादुर चौधरी र सुर्य कुमारी शाहिको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रदेश क्षेत्र १ को क मा केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने , लेखा आयोग उपाध्यक्ष विष्णु पन्थि ,पाटी जिल्ला अध्यक्ष डम्मर शर्मा , प्रताप गिरी र सिता न्यौपानेको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

प्रदेश क्षेत्र १ को ख का लागि भने गृह कार्य नपुगेको भन्दै आगामी २० गते वैठक बसी सिफारिस गर्ने निर्णय गरेको छ । उक्त वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य , लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यापानेले मंशिर ४ गते एकै पटक हुने प्रदेश र संघिय निर्वाचनमा लाग्न पाटी योजनावद्ध तवरले अगाडि बढेको बताउनु भयो ।

वैठकमा कमिटिका १ सय ३८ जना पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । वैठकमा एमालेका केन्द्रीय तथा प्रदेश कमिटिका सबै नेताहरुको उपस्थिती रहेको पाटी प्रचार तथा प्रकाशन विभागका उप प्रमुख पार्वती पाण्डेले जानकारी दिनु भएको छ ।

सम्बन्धित् समाचार