गृहपृष्ठ Featured कपिलवस्तुमा मोटरसाईकलबाट खस्दाँ एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाईकलबाट खस्दाँ एक जनाको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा मोटरसाईकलबाट खस्दाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका-५ जोगिनियामा मोटरसाईकलको पछाडि बसेका ३५ बर्षीय सेवकराम चौधरीको मृत्यु भएको हो ।

कृष्णनगरदेखि चन्द्रौटा जाने क्रममा चौधरीको मोटरसाईकलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

सेवक राम चौधरी कृष्णनगर भन्सार कार्यालय सहयोगी हुन् । भारतीय मोटरसाईकलमा सवार २ जनामध्ये चालक बाणगंगा- ११ का हुन् भने मृतकको घर काठमाडौं हो ।

शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको प्रहरी निरीक्षक विजय तिमिल्सिनाले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार