गृहपृष्ठ Featured कपिलवस्तुमा गाईसँग मोटरसाइकल ठोक्किदाँ अर्घाखाँचीका एक युवकको मृत्यु

कपिलवस्तुमा गाईसँग मोटरसाइकल ठोक्किदाँ अर्घाखाँचीका एक युवकको मृत्यु

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ पानी धारामा गाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गमा लु २९ प ४०४२ नम्बरको मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुष्करको ४ नम्बर सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार उनकै ४८ वर्षीया भाउजू राधा भट्टराईको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

सम्बन्धित् समाचार