सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ ले सडक नै अवरोध हुने गरी राखिएका सामग्रीहरु हटाउन निर्देशन दिएको छ । वडाले शुक्रबार ३५ दिने सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
सडक, सडकपेटीमा राखिएको ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायत हटाउन निर्देशन दिएको हो । यही भदौ २१ गते बसेको वडा समितिको बैठकले यस्तो निर्णण गरेको वडाध्यक्ष सुसिल कुमार चौधरीले वैखरी अनलाईनलाई जानकारी दिए ।
वडा भित्रका सार्वजनिक बाटोमा अव्यस्थित रुपमा गाडी सामान लगायत अन्य सामान राखि बाटोको अवस्था अव्यस्थित हुदै गएकाले यस्तो निर्णय गरेको वडाध्यक्ष चौधरीको भनाई छ ।
अव्यस्थित सडकले सवारी दुर्घटनामा वृद्धि हुने भएकाले बाटोमा भएको सामान तथा गाडी हटाई बाटो खाली गरि सहयोग गरिदिनु हुन सरोकारवालाहरुलाई ३५ दिने सूचना समेत जारी गरिएको बताए ।
हेर्नुहोस् सूचनाः