गृहपृष्ठ Featured बाणगंगा नगर स्तरिय युवा क्लवको बैठक सम्पन्न : असोज ३ गते रक्तदान कार्यक्रम गर्ने

बाणगंगा नगर स्तरिय युवा क्लवको बैठक सम्पन्न : असोज ३ गते रक्तदान कार्यक्रम गर्ने

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगर स्तरिय युवा क्लवको बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपूर्ण निर्णय गर्दै क्ल्वको बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

क्लवले आगामी असोज ३ गते संविधान दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको क्लवका अध्यक्ष मधुसुदन भुसालले जानकारी दिए । क्लवले नेपाल नियमित रक्तदान संघसंगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष भुसालले बताए ।

यस्तै बैठकमा असोज १३ गते विश्व ओजन तह बचाउ दिवसको दिन वृक्षरोपण कार्यक्रम गर्ने निर्णय समेत भएको उनले बताए । बाणगंगा- ८ मा रहेको ओशोधाममा वृक्षरोपण गर्ने लागिएको उनले बताए ।

क्लवका अध्यक्ष मधुसुदन भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला युवा परिषदका अध्यक्ष टुकलाल गैरे, क्लवका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार