काठमाडौं ।
मंगलबार सुन प्रतितोलो ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १०० रुपैयाँ घटेर ९३ हजार ५०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने ह्वात्तै बढेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर एक हजार १८५ रुपैयाँमा कारोबार भएको छ ।








