कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरमा शनिवार बस पल्टिदा २० जना घाईते भएका छन ।
काठमाण्डौ देखि धनगढीकालागि हिडेको सुदुर पश्चिम प्रदेश ०१–००१ ख – २३– ४७ नम्बरको नाईट बस बिहान ४ बजे पल्दिटा बसमा सवार २० जना र्घाईते भएका हुन ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चिप्लिएर बस अनियन्त्रीत भई पल्टिएको हो ।
बसमा सवार २०जना सामान्य घाईते भएको र उनीहरुको चन्द्रौटा स्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था खतारामुक्त रहेको तिमिल्सिनाले बताए ।