गृहपृष्ठ Featured टिभिएसको नयाँ शोरुम अब बाणगंगाको ओदारीमा

टिभिएसको नयाँ शोरुम अब बाणगंगाको ओदारीमा

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा- ११ ओदारीमा टिभिएस कम्पनीको नयाँ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच बाणगंगा नगररपालिका पूर्वमेयर मंगलप्रसाद थारुले उक्त सोरुमको उद्घाटन गरेका हुन् ।

यहि असोज २ देखि असोज ७ गतेसम्म टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला लागेको संचालक सेराज शाहले जानकारी दिए । ‘विक्री मात्र होईन विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको छ।’ सञ्चालक शाहले भने ।

शोरुमा मोटरसाईकल स्कुटर विक्री, पाटपुर्जा र मर्मत सम्भारका सेवाहरु उपलब्ध हुनुका साथै, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल ल्याएर टिभिएसको नयाँ मोटरसाइकल प्राप्त गर्न सकिनेछ ।

त्यस्तै माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको उनले दाबी गरे ।

उनले यस क्षेत्रका ग्राहकहलाई टाढा धाउन नपरोस् भन्ने उद्देश्यका साथ शोरुस संचालनमा ल्याईएको बताए । शोरुमको उद्घाटन कार्यक्रममा पुर्वमेयर थारुसहित बाणगंगा ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद थारु, नेपाली कांग्रेसका नेता रविबहादुर काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

हाल टिभिएसका न्युनतम १ लाख ४२ हजार देखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् ।

सम्बन्धित् समाचार