गृहपृष्ठ Featured १३औँ कपिलवस्तु महोत्सव मंसिर १९ गतेबाट हुने

१३औँ कपिलवस्तु महोत्सव मंसिर १९ गतेबाट हुने

वैखरी अनलाइन , बाणगंगा
१३ औं कपिलवस्तु महोत्सव यही मंसिर १९ गतेदेखि हुने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा हुने १३औं कपिलवस्तु महोत्सव मंसिर १९ गतेबाट सुरु गर्ने  निर्णय गरेको हो ।

महोत्सव मंसिर १९ गतेबाट पुस २ गतेसम्म बाणगंगाको बुद्धरगंशालामा हुने बताइएको छ ।

प्रस्तावना लेखनदेखि अन्य समिति गठनको तयारी रहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए । यस पटकको महोत्सव हालसम्म आयोजना भएका महोत्सव भन्दा फरक र पृथक हुने उनले बताए ।

महोत्सवले यस क्षेत्रको व्यापार, व्यवसायदेखि पर्यटन प्रवद्र्धनमा जोड दिने अध्यक्ष घिमिरेले बताए ।

यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । प्रतिकुल वातावरणमा १२औं कपिलवस्तु महोत्सव संचालन गरिएको उनले बताए ।

विगतको महोत्सवमा अपेक्षाकृत लक्ष्य हासिल नभए पनि अब भने हासिल हुने उनले दाबी गरे ।

सम्बन्धित् समाचार