गृहपृष्ठ Featured कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ३२ जना घाईते

कपिलवस्तुमा बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ३२ जना घाईते

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् । ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र तिमिलसिनाले मृत्यु हुने महिलाको अझै सनाखत हुन नसकेको बताए ।

काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घाइतेमध्ये १२ जनालाई कपिलवस्तु अस्पताल तौलिहवामा उपचार गराउन लगिएको र उपचारको क्रममा ती महिलाको मृत्यु भएको हो । अहिले ६ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ भने ५ जनालाई डिस्चार्ज गरिएको छ । रिफर गरिएका घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्य २० जनाको जिल्लाका विभिन्न क्लिनिकहरुमा उपचार भईरहेको प्रहरीको भनाई छ । मोडको कारणले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित् समाचार