गृहपृष्ठ Featured रुपन्देहीको मायादेवीमा पुल निर्माण हुँदै : १६ बढी गाउँवासी लाभान्वित हुने

रुपन्देहीको मायादेवीमा पुल निर्माण हुँदै : १६ बढी गाउँवासी लाभान्वित हुने

भैरहवा ।

रुपन्देहीको मर्चवार क्षेत्रको १६ भन्दा बढी गाउँवासी लाभान्वित हुने गरी गोनहा-बसहवा पक्की पुल निर्माण हुने भएको छ।

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले शनिबार शिलान्यास गरे। २२ करोड ५३ लाख रुपैयाँको लागतमा मायादेवी गापा-५ मा पुल निर्माण हुन लागेको हो।

८५ मिटर लम्बाइ र ११।२२ मिटर उचाइ रहेको पुल निर्माणपछि गोनहा, मकरी, खजुरिया, मगंलपुर, लुकठहवा, गोनहिया, मर्यादपुर, त्रिलोकपुर, कुडसर, बसहवा, बर्सौली, पकडी, सेमहरना, बडुवा, बिचौवापुर, मोतिपुर लगायतका स्थानीय लाभान्वित हुने शिक्षा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव अफजल खाँनले बताए।

तिनाउ नदीमाथि पक्की पुल नहुँदा बसहवा र गोनाहा दुवै तर्फका गाउँवासीहरूलाई निकै समस्या छ। खेतीपाती, विवाह लगायत अन्य कुनै पनि कामका लागि दुवै तर्फका दर्जन बढी गाउँलेहरूलाई १० किलोमिटरभन्दा बढी घुमाउरो बाटोको प्रयोग गरेर आउजाउ गर्नुपर्ने बाध्यता छ।

‘पुल निर्माणले एकै पटकमा हजारौँ नागरिकको समस्या समाधान हुने छ’, शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँले भने।

उनले यससहित तिनाउ नदीमाथि अन्य तीन ठाउँमा पनि पुल निर्माणको प्रक्रिया सुरु भएको बताउँदै पुलहरू निर्माणपश्चात् भित्री मार्ग हुँदै लुम्बिनी लगायत क्षेत्रमा सहजै जान सकिने बताए।

सम्बन्धित् समाचार