आश्विन १०, नेपालगन्ज ।
छात्राहरूलाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को सहयोगमा एक महिने निःशुल्क कराते तालिम सुरु गरिएको छ । सोमबारदेखि दुईवटा सामुदायिक विद्यालयमा यस्तो तालिम सुरु गरिएको हो ।
नेपालगन्जस्थित कन्या माध्यमिक विद्यालय सल्यानी बाग र गौस्या माविका विद्यार्थीलाई लक्षित गरी निःशुल्क तालिम सुरु गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुनले यस्ता तालिमले समाजमा किशोरीहरूमाथि भइरहेका घटना रोक्न मद्दत गर्नुका साथै मानसिक स्वास्थ्य सन्तुलित राख्न सहयोग पुर्याउने बताए।








