सागर वि.क., वैखरी अनलाईन ।
प्रथम प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । प्रगतिनगर सेवा समाजको आयोजनामा यही असोज २७ गतेदेखि कार्तिक ६ गतेसम्म महोत्सव हुने भएको हो ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ प्रगतिनगरमा महोत्सव हुन लागेको आयोजकले वैखरीलाई जानकारी दिएको छ ।
प्रथम प्रगतिनगर कृषि तथा पर्यटन महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । यस्तै कृषि प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधि सम्बन्धि गतिविधि, औधोगिक उत्पादनको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, एसियाकै उत्कृष्ट बाल उद्यान, लत्ताकपडा तथा भाडाकुडाको प्रदर्शनी, खाना महोत्सव महोत्सवको मुख्य आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवको आकर्षणको रुपमा डान्स आईडल समेत रहने छ ।
महोत्सवमा चर्चित आधुनिक गायक प्रमोद खरेल, हेमन्त शर्मा, रमेशराज भट्टराई, आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक खमे सेन्चुरी, लोक तथा दोहोरी गायीका प्रीति आले ज्योति मगरसहित २ दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने छन् ।








