गृहपृष्ठ Featured उत्तर कोरियाद्वारा जापानमाथि ब्लालिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा जापानमाथि ब्लालिस्टिक क्षेप्यास्त्र प्रहार

काठमाडौं ।

उत्तर कोरियाले जापानमाथि अहिलेसम्मकै लामाे दुरीकाे ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

क्षेप्यास्त्र प्रशान्त महासागरमा खस्नुअघि आफ्नो क्षेत्रबाट उडेर गएको देखेपछि जापान सरकारले आफ्ना नागरिकहरूलाई चेतावनी दिएको थियो ।

“उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ । कृपया भवनहरू वा अन्डरग्राउन्ड खाली गर्नुहोस्,” जापान सरकारले स्थानीय समयअनुसार ७ः३० मा जारी गरेको दुर्लभ चेतावनीमा भन्यो ।

अधिकारीहरूले जापानबाट करिब तीन हजार किलोमिटरभित्र प्रशान्त महासागरमा खसेको र यससँग सम्बन्धित कुनै क्षतिको जानकारी नआएको बताएका छन् । टाेक्याेले उक्त क्षेप्यास्त्रले चार हजार छ सय किलाेमिटर दुरी पार गरेकाे र याे अहिलेसम्मकै लामाे दुरी हुनसक्ने बताएकाे छ ।

उत्तर कोरियाले पाँच वर्षयता पहिलोपटक मंगलबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको हो । पछिल्लोपटक सन् २०१७ मा प्रहार गरेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियारहरू परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले उल्लङ्घन गर्दै आएको छ ।

स्राेत : बीबीसी, राेयटर्स

सम्बन्धित् समाचार