गृहपृष्ठ Featured बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु

बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु

बर्दिया, असोज १८ ।

बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाई स्थित सडकमा भ्यानले ठक्कर दिँदा ती युवतीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिँदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मीरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित् समाचार