गृहपृष्ठ Featured नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

अभिरल वर्षासँगै आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ। नारायणग-मुग्लिन सडकखण्ड अन्तर्गत केराबारीमा खसेको पहिरोले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरीका अनुसार पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ। आज बिहान पनि मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो।

लगातारको वर्षाले पहाडी भेगका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् भने तराईमा डुबान भइरहेको छ।

मौसम पुर्वानूमान महाशाखाका अनुसार शनिबार मात्रै मौसममा सुधार आउने छ।

सम्बन्धित् समाचार