गृहपृष्ठ Featured बाँकेमा डुबानबाट ६०० विस्थापित

बाँकेमा डुबानबाट ६०० विस्थापित

नेपालगन्ज ।

पश्चिम तराईको बाँकेको अधिकांश क्षेत्र जलमग्न भएका छन् । राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि कृषि चौफेरिबाट स्थानान्तरण गरिएका २५० जनालाई नेपालगन्जबाट खाद्यान्न पुर्‍याउन सकिएको छैन । नेपालगन्ज उपमहानगरको वडा नम्बर १८ र २० का४ सयभन्दा बढी बासिन्दा डुबानबाट विस्थापित भएका छन् ।

गृह प्रशासनले डुबानको खतरा अझै बढेको भन्दै नदी, खेलानाला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने भनेको छ । राप्ती नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएको छ ।

बाढी र डुबान पीडितले गाँस, बासको समस्या रहेको बताएका छन् ।

नेपालगन्ज उपमहानरपालिकाले पानी निकास गर्न नसक्दा बस्ती डुबानमा परेका हुन् । उपमहानगरका धेरै घर जलमग्न भएका छन् । उपमहानगरसँगै जोडिएको गनापुर बस्ती पनि डुबानमा परेको छ ।

सम्बन्धित् समाचार