काठमाडौं ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जना बेपत्ता छन् । दुईजनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ ।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाको विस्तृत जानकारी आउन बाँकी छ । गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।








