गृहपृष्ठ Featured पाल्पाको झिरुवासमा पहिरोले ४५ घर उच्च जोखिममा

पाल्पाको झिरुवासमा पहिरोले ४५ घर उच्च जोखिममा

पाल्पा ।

पाल्पाको झिरुवासमा पहिरोले ४५ घर उच्च जोखिममा परेका छन् । निस्दी गाउँपालिका–३, झिरुवास क्याङरुङ्गको डाँडाथरको सिंगो बस्ती नै जोखिममा परेको स्थानीय किसान सारुले जानकारी दिए ।

शुक्रबारदेखि पहिरो खस्न सुरु गरेको र शनिबारसम्म पनि खस्ने क्रम जारी छ ।

निरन्तर पहिरो खस्न थालेपछि ४५ घर परिवार बसोबास गर्ने बस्ती नै जोखिममा परेको सारुले बताए । पहिरोसँगै बस्तीभन्दा तलको ढुङ्गानाबेसी–क्याङरुङ्ग–झिरुवास सडक खण्डको भाग खसेर घरहरु जोखिममा परेको स्थानीय तिलबहादुर सारुले बताए ।

पहिरोकाे डरले रातभर सुत्न नसकेको उनले बताए । बिहान ३ बजेदेखि डाँडै खस्न थालेको छ । वेग बहादुर पल्ली, रहविर पल्ली, मोतिराम बयम्बु, धनबहादुर बयम्बु , नरबहादुर सोती, देवराज सोती, तिलबहादुर सारु, किसान सारु लगायतको घर पूर्ण जोखिममा परेको छ ।

सम्बन्धित् समाचार