वैखरी अनलाइन, कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तुमा कांग्रेसका नेतासगैँ आउने नाम हो “राजेश आर्चाय ” ।
४ दशक लामो नेपाली कांग्रेसको राजिनिति र सक्रिय सामाजिक सेवाका कारण उनी लोकप्रिय नेताका रुपमा परिचित छन । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनका लागी नेपाली कांग्रेसको तर्फबाट समानुपातिका कोटामा परेका आर्चाय पहिलो नम्बरमा सिफारिस भएका छन ।
खसआर्यबाट प्रदेश सभा सदस्यका लागी उनको पहिलो नम्बरमा सिफारिस भएको हो । उनी यसरी हेर्दा प्रदेश सभा सांसद बन्ने पक्कापक्की जस्तै छ ।
उनी सांसद भएमा मुख्यमन्त्रीका समेत दावेदार बन्ने स्रोतले वैखरी अनलाइनलाई जानकारी दिएको छ । स्रोतका अनुसारका पार्टीसभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाका निकटतम नेताका रुपमा रहेकाले उनी मुख्यमन्त्रीको पनि पहिलो दावेदार नेताका रुपमा रहनेछन ।








