गृहपृष्ठ Featured मिनेन्द्रलाई पन्छाउदै मोरङ–२ मा सुजाताले पाइन् टिकट

मिनेन्द्रलाई पन्छाउदै मोरङ–२ मा सुजाताले पाइन् टिकट

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजाता कोइरालालाई उमेदवार बनाउने निर्णय गरेको छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा सुजातालाई उमेदवार बनाएको हो ।

उक्त क्षेत्रबाट डा. मिनेन्द्र रिजाल पनि टिकटका आकांक्षी थिए । तर, उनलाई नदिएर सुजातालाई टिकट दिइएको हो ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले यसअघि नै सुजातालाई बोलाएर निर्वाचनको तयारी गर्न भनेका थिए ।

लामो समय देउवा समूहमा रहेका मिनेन्द्र पछिल्लो समय उक्त समूहमा छैनन् ।

सम्बन्धित् समाचार