गृहपृष्ठ Featured चुनावी रणनितिका साथ प्रचार-प्रसार सुरु गर्दै कपिलवस्तुका उम्मेदवार

चुनावी रणनितिका साथ प्रचार-प्रसार सुरु गर्दै कपिलवस्तुका उम्मेदवार

वैखरी अनलाइन, बाणगंगा ।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागी उम्मेदवारहरु रणनितिका साथ चुनावी मैदानमा उत्रिएका छन् । आफनो पक्षमा मतपरिणाम पार्नका लागी पार्टीका नेता कार्यकर्ताहरुको साथमा उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन ।

कपिलवस्तुमा हुने ३ क्षेत्रको प्रतिनिधि सभाको निर्वाचन रोचक हुने देखिन्छ । प्रतिनिधिसभाको लागी ३ क्षेत्रमा सत्ता गठबन्धन र एमालेबिच प्रतिस्पर्धा हुने दखिएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ सत्ता गठबन्धनबाट चुनावी मैदानमा छन भने एमाले तर्फबाट एमालेका नेता बलराम अधिकारी अधिकारी चुनावी मैदानमा छन ।

त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट कांग्रेसका सुरेन्द्रराज आर्चाय चुनावी मैदानमा छन भने एमालेबाट बृजेश कुमार गुप्ता चुनावी मैदानमा छन ।

उता कपिलवस्तु क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट कांग्रेसका अभिशेक प्रताप शाह र एमालेका मंगल प्रसाद गुप्ता चुनावी मैदानमा उत्रीएका छन । प्रतिनिधि सभाका लागी कपिलवस्तुका ३ क्षेत्रमा मुख्य प्रतिस्र्पधी पनि यीनै हुन ।

दलहरुका अहिले प्रचारप्रसार समिति, आर्थिक समिति, सम्र्पक सम्वन्य समिति जस्ता समिति बनाई चुनाव जित्न गृहकार्य सुरु गरेका छन ।

सम्बन्धित् समाचार