गृहपृष्ठ Featured कपिलवस्तुमा एमालेका श्रेष्ठसहित ३ जनाले लिए उम्मेदवारी फिर्ता

कपिलवस्तुमा एमालेका श्रेष्ठसहित ३ जनाले लिए उम्मेदवारी फिर्ता

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा । 

कपिलवस्तुमा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नाम फिर्ता लिनेमा प्रतिनिधिसभाका १ र प्रदेशसभाबाट २ जना छन् ।
प्रतिनिधिसभातर्फ कपिलवस्तु क्षेत्र नम्बर १ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका हिमाल बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै कपिलवस्तु क्षेत्र नम्बर २ ‘क’ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेकपा एमालेका नेता रुपेश कुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । उनले पार्टी नेतृत्वबाट उम्मेदवार छनोटमा त्रुटि भएको भन्दै उम्मेदवारी दर्ता गराएका थिए । त्यस पश्चात उनलाई मनाउन जिल्लाका शिर्ष नेतासहित क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ता लागी परेका थिए ।

यस्तै क्षेत्र नम्बर २ ख का उम्मेदवार सरताज अहमद मुस्लमानले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । उनले जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए ।

३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसंगै अब कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् । यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन् ।

सम्बन्धित् समाचार