भैरहवा ।
गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि स्थानीयबासीलाई प्राथमिकता दिने बताएका छन्। रुपन्देही-३ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तौदेखि बसोबास गर्दै आएको स्थानीयले जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण भएकाले योग्यता अनुसार स्थानीयले विमानस्थलमा रोजगारीमा प्राथमिकता पाउने बताए।
स्थानीयहरुले जग्गा दिएर नै आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा आएको छ। जग्गा नदिएको भए आज विमानस्थल बन्ने थिएन। तसर्थ जग्गा दिएर योगदान पुर्याउने स्थानीयलाई नै हरेक अवसरमा प्राथमिकता पाउनुपर्छ र पाउनेछन्,ु उनले भने।
उनले जग्गा दिएर योगदान पुर्याएका परिवारका सदस्यलाई योग्यताअनुसार विमानस्थलमा रोजगारी प्रदानका लागि सरकार प्रतिवद्घ रहेको जानकारी दिए।
स्थानीयलाई रोजगारीमा प्राथमिकताका लागि विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसगँ आफूले छलफल जारी राखेको उनले बताए।
विमानस्थलको कार्गो सेवा सञ्चालनका लागि पहल भइरहेको बताउँदै उनले कार्गो सञ्चालनपछि यहाँको कृषि तथा ओैधोगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजामा पुर्याएर स्थानीयलाई रोजगारी बढाउने सरकारको योजना रहेको जानकारी दिए।








