गृहपृष्ठ Featured कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि एक सय ४९ जना राप्रपामा प्रवेश

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि एक सय ४९ जना राप्रपामा प्रवेश

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि एक सय ४९ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । शनिबार कपिलवस्तु क्षेत्र नम्बर १ (ख) ले शुद्दोधन गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा एक सय ४९ जना राप्रपामा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रबाट ५६ जना, नेपाली काग्रेसबाट ३५ जना, एमालेबाट ३० जना तथा जसपा र लोसपाबाट २८ जना गरि एक सय ४९ जना उक्त पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार ध्रब रायमाझिले वैखरीलाई जानकारी दिए ।

राप्रपा केन्द्रिय सदस्य समेत रहेका रायमाझिले फरक फरक बिचार सिद्धान्त भएका पार्टीहरु एक आपसमा केवल सत्ता स्वार्थका लागी मिलेको बताए ।

उनले सिमित स्वार्थका लागी जे पनि गर्न तयार हुनेलाई यस क्षेत्र सम्पिनु भन्दा नयाँ सोच र चिन्तन भएको पार्टी राप्रपालाई सम्पिन आवश्यक रहेको बताए । पार्टिका केन्द्रिय सदस्य प्रमोद मिश्र, लुम्बिनि प्रदेश सदस्य देवेन्द्र श्रीवास्त्व, प्रदेश (ख) का उम्मेदवार अब्दुला मुसलमान (रोशन शाह), नगर अध्यक्ष अमेरिका कुर्मिले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता दिई अविर लाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रम बिजय कुमार पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार