गृहपृष्ठ Featured रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु

रसियाली सैन्य तालिम केन्द्रमा भएको आक्रमणमा ११ जनाको मृत्यु

प्रकाशित मिति:

रसियाली सैन्य तालिम केन्द्रमा शनिवार बन्दुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ। सैन्य तालिमको क्रममा युक्रेनमा लड्न तयारी गरिरहेको एउटा समूहमा दुई व्यक्तिले गोली प्रहार गरेको सरकारी समाचार एजेन्सी रियालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका रहेको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले उनीहरुबारे थप विवरण भने खुलाएको छैन।

युक्रेनसँग सीमा जोडिएको रसियाको बेल्गोरोड क्षेत्रमा भएको उक्न घटनाका क्रममा आक्रमणकारीहरुको पनि गोली हानी हत्या गरिएको थियो। घटनामा १५ जना घाइते भएका छन्।

‘स्वैच्छिक रूपमा (युक्रेनविरुद्ध) विशेष सैन्य अभियानमा भाग लिन चाहेका व्यक्तिहरूमाथि सैन्य प्रशिक्षण सत्रको क्रममा आतंककारीहरूले गोली प्रहार गरे’, रक्षा मन्त्रालयको विज्ञप्तिलाई उद्धृत गर्दै रियाले भनेको छ, ‘गोली लागेर ११ जनाको ज्यान गएको छ। गम्भीर घाइते भएका अन्य १५ जनालाई चिकित्सा केन्द्रमा लगिएको छ।’

गत महिना रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले अनिवार्य सैन्य सेवा गरेका ३ लाख रसियालीहरूलाई परिचालन गर्ने आदेश दिएका थिए। उक्त आदेशपछि रसियाभरि विरोध प्रदर्शन गरिएको थियो र देश छोड्ने प्रयास गर्ने मानिसहरूको संख्या बढेको थियो।

 

सम्बन्धित् समाचार