दाङ ।
दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जंगलमा १४ वर्षीय किशोर र १५ वर्षीया किशोरीको शव फेला हो । उनीहरू दुवै स्थानीय हुन् ।
दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले आफू घटनास्थल पुगेको र विस्तृत विवरण आइनसकेको बताए ।
उनीहरू असोज २७ गते साँझ घरबाट हराएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








