गृहपृष्ठ Featured एपीएफ लुम्बिनीलाई पराजित गर्दै सेमिफाइनलमा

एपीएफ लुम्बिनीलाई पराजित गर्दै सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।

आज विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

एपिएफले ३–० को सोझो सेटमा जित निकालेको हो। एपीएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो।

आज दिउसो बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश,नेपाल प्रहरी र आर्मी, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच क्वाटर फाइनलका खेलहरु हुने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए।

सम्बन्धित् समाचार