वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार ध्रुब रायमाझिले राप्रपाप्रतिको जनलहरले आफु उत्साहित भएको बताएका छन् । राप्रपाका केन्द्रिय सदस्य समेत रहेका रायमाझिले कपिलवस्तुमा राप्रपाका मूल एजेण्डाहरुलाई आत्मारसाथ गरेर राप्रपा प्रवेश गर्नेको लहर चलेको बताए ।
वैखरीसंग कुराकानी गर्दै उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विजय मुलकको मुल आवश्यकता हो । कपिलवस्तुमा राप्रपाका मुल एजेण्डालाई आत्मासाथ गरेर प्रवेश गर्नेको लहर छ, यसले म लगायत हाम्रो टिम नै उत्साहित छ ।’
उनले आफ्नो प्राथमिकतामा कोईली खोलाको पुल निर्माणदेखि शुसासनसम्मका कार्य हुने बताए । उनले भलवाडवासीलाई कोईली खोलामा पुल निर्माणको कार्य अघि बढ्न नसक्दाँ बर्षातको समयमा ठूलो समस्याको सामाना गर्न परेको बताए । ‘म चुनावी मैदानमा उत्रिसकेको छु,’ उनले भने, ‘मलाई क्षेत्र नम्बर १ का सबै मतदाताले साथ दिनुहुने छ । मेरो प्राथमिकतामा कोईली खोलाको पुल निर्माणदेखि शुसासनसम्मका विभिन्न कार्य हुने छन् ।’
देश श्रीलंकाको बाटोमा जान सक्ने बताउँदै उनले आर्थिक स्थिति सुधार गर्न आवश्यक रहेको बताए । उनले कपिलवस्तुको विकासमा आफुले महत्वपूर्ण योगदान गर्न सक्ने दाबी गर्दै आफुले जिताउन आम मतदातालाई आह्वान समेत गरे ।
प्रमुख राजनितिक दलको दलदलमा फसेको देशलाई राप्रपाले उद्धार गर्ने बताए ।








