नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम नेपाल आर्मी महिला पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
पोखरा रंगशालास्थित ह्यान्डल एकेडेमीमा भएको सेमिफाइनल खेलमा लुम्बिनीले २५–१६ अंकसहित बागमती प्रदेशलाई पराजित गरेको थियो । लुम्बिनीले फाइनलमा विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । सेमिफाइनल अन्तर्गत बुधबार भएको पहिलो खेलमा विभागीय टिम आर्मीले प्रदेश नं १ लाई पराजित गर्दै फाइनल यात्रा निश्चित गरेको हो ।
सिंगल इनिङमा सकिएको खेलमा आर्मीले १९–२ अंकसहित जित निकालेको थियो ।
महिलातर्फ पनि लुम्बिनी प्रदेश र आर्मी नै फाइनलमा पुगेका छन् । ह्यान्डबल एकेडेमीमा भएको सेमिफाइनल अन्तर्गत पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीले सुदूरपश्चिमलाई १८–२ अंकसहित सिंगल इनिङमा जित निकालेको थियो ।








