वैखरी अनलाईन, रुपन्देही ।
रुपन्देही जिल्लाको लुम्बिनि सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानले यो समय काम गर्ने भएकाले आफु काममा केन्द्रित भएको बताएका छन् । यो समय धेरै बोलेर राम्रो हुनु भन्दा पनि काम गरेर राम्रो हुने समय भएकाले आफु नगर बिकासको काममा केन्द्रित भएको बताए हुन् ।
वैखरी मिडियासंग कुराकानी गर्दै मुसलमानले लुम्बिनि सांस्कृतिक नगरपालिकाको बिकास आफनो पहिलो प्राथमिकता भएको बताए । नगरलाई पर्यटन, शिक्षा, स्वास्थ्य र कृषीलाई प्राथमिकतामा राखी आफुले काम गर्दै आएको बताए ।
निर्वाचित भएको करिव ५ महिना भयो, अहिलेनै नतिजा दिन सक्ने कुरा भएन उनले बताए । यद्यपि आफनो कार्यकाल सफल पार्न सबैको साथ आवश्यक पर्ने भएकाले सबैको साथ पाउनेमा आफु बिश्वस्त रहेको मुसलमानको भनाई छ ।
नगरभित्रका हरेक योजना तण्था पुर्वाधार निमार्णमा आफनो चासो रहेकाले दिर्घकालिन बिकासलाई जोड दिने समेत उनले बताए । हामीसगं अवसर चुनौती दुवै छन, उप्लब्धी हासिल गर्न ति चुनौतीलाई सामना गर्न आफु प्रतिबद्ध र तत्पर रहेको उनले बताए ।