किरणमान बज्राचार्य, कपिलवस्तु ।
कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेका कांग्रेस नेता तथा कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार बिरेन्द्र कुमार कनौडियाले ५ बर्षमा आफनो क्षेत्रमा ७० करोड बढी बजेट बिनियोजन गराई आफनो क्षेत्रको बिकासमा लागी परेका छन् । आफनो क्षेत्रमा पर्ने १ सय ५५ गाउँका लागि शिक्षा, स्वास्थ्य कृषि, सिचाई बिभिन्न पुर्वाधारका लागि उनले सो बजेट बिनियोजन गराएका हुन् ।
भर्खरै कार्यकाल पुरा गरेका लुम्बिनी प्रदेशको कांग्रेसको तर्फबाट संसदीय दलका नेता समेत रहेका कनौडियाले आफु यस पटक पनि मुख्यमन्त्रीको दौडमा रहेको बताए । वि.सं.२०२६ सालमा जनमत संग्रहमा समेत कांग्रेस तर्फबाट लागेका ६२ बर्षिय कनौडियाले आफुले गरेको कामको जनताले मुल्यांकन गर्ने र यस पटक फेरी निर्वाचित भई आफनो क्षेत्रलाई नमुना बनाउने. बताए ।
अझै देशमा फुलफेजमा संघीयता लागु नभएको र त्यसको स्थायित्व र सुदृढिकारणकालागि आफु फेरी यस पटक प्रदेश सदस्यको उम्मेदवार बनेको बताए । कांग्रेसको बहुमतको सरकार भए यस पटक आफु मुख्य मन्त्रीको प्रबलदाबेदार भएको बताए ।
आफु जनतमा भिजेको स्वच्छ छबी भएको र जात पात संप्रदाय भन्दा माथी उठेर काम गरेको उनको दाबी छ । आफ्नो कार्यकालको कार्य प्रगती तथा आगामी वर्षमा लागु गरिने कार्यक्रमहरु लिएर मतदाता समक्ष छलफल र भेटघाटमा जुटेका छन्।
कनौडियाको पलहमा भएका महत्वपुर्ण कामहरु
एमालेको नेतृत्वमा रहेको प्रदेश सरकार ढले पछि माओबादी कांग्रेस सहीतको नेतृत्वमा सरकार बन्यो । त्यस पछि केवल एक बषका कनौडियाले आफनो क्षेत्रममाा पर्ने १७ वडामा साना र ठुला गरी बिभिन्न योजनाहरु लागु गरी बजेट बिनियोजन गराएका हुन । ‘ २० औ बर्षमा हुन नसको काम मैले एक बर्षमा नै आफनो क्षेत्रमा लगेका छु ’ उनले भने ।
कृष्णनगर नगरपालिका स्थित ६ दशक देखि अलपत्र अवस्थामा रहेको सामुदायिक अस्पतालको निर्माणका काम अघि बढाउन उनले दुई पटक गरी साढे ३ करोड बजेट बिनियोजन गराएका छन । अहिले टेन्डर भएर निर्माणको काम सुरु हुने अवस्थामा छ । कनौडियाले यो अस्पतालको निर्माण गरी प्रभावकारी र गुणस्तीय सेवा प्रदान गर्ने आफनो मुख्य ध्यय रहेको उनले बताए ।
यस्तै कृष्णनगरमा ५ करोडको धर्मशालाको निर्माणको काम समेत अघि बढेको छ । आफ्नो पुर्ख्यौली थलोमा अस्पताल निर्माणका लागि पहल सुरु गरेसँगै कृष्णनगरका जनतामा आशा र उत्साह थप्ने काम सुरु भयो। साथै गरिब र किसानको बाहुल्यता रहेको जिल्लाको विजयनगरस्थित जगदिशपुरमा सर्पदशं उपचार केन्द्र स्थापनार्थका लागि पनि बजेटको जोहो भयो ।
आफनो क्षेत्रमा क्षेत्रमा झुपडीमुक्त कार्यक्रम लागु गराए। कार्यक्रमअन्तर्गत १६ सय घरधुरीलाई प्रत्यक्ष लाभान्वित हुने उक्त कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीलाई ५० हजार बराबरको घरको छाना छाउने कर्कट पाता ९सिजीआई सिट० र १० हजार नगद उपलब्ध गराउने व्यवस्था भएको छ । धार्मिक तथा सांस्कृतिक महत्वका मठ, मन्दिर, मस्जिद, पोखरी, तालतलैया, झरनासहित पर्यटकीय पूर्वाधार निर्माणका लागि १० करोड लाख बजेट व्यवस्था गरेका छन् । दलित जनता आवास कार्यक्रम लागु गराउँदै दुई कोठे भवन निर्माण गराउन बजेट उपलब्ध गराइएको छ। साथै यो कार्यक्रमको थप विस्तार गरिँदै लगिनेछ ।
प्रत्येक वडामा सिँचाइका लागि स्यालो ट्युवेल जडान गर्ने कार्यक्रम सुरुवात भएको छ । प्रत्येक वडामा सामुदायिक भवन र धर्मशाला निर्माणका लागि बजेटको व्यवस्था भएको छ। कपिलवस्तुको विकासमा कनोडियाको प्रयासमा दलित जनता आवास कार्यक्रम लागु गराउँदै दुई कोठे भवन निर्माण गराउन बजेट उपलब्ध गराइएको छ। साथै यो कार्यक्रमको थप विस्तार गरिँदै लगिनेछ । प्रत्येक वडामा सिँचाइका लागि स्यालो ट्युवेल जडान गर्ने कार्यक्रम सुरुवात भएको छ। प्रत्येक वडामा सामुदायिक भवन र धर्मशाला निर्माणका लागि बजेटको व्यवस्था भएको छ ।
कनोडियाकै पहलमा शिवराज(९ स्थित उद्योग वाणिज्य संघमा भवन निर्माणका लागि ३० लाख रकम बजेट छुट्याइएको छ । कृष्णनगरस्थित खानेपानी हैण्डपम्प जडानका लागि ५० लाख बजेट व्यवस्था मिलाएका छन् । विजयनगर स्थानीय तहअन्तर्गत पर्ने वडा नम्बरहरु २,५,६ र ७ मा स्वच्छ खानेपानी हैण्डपम्प जडानका लागि ५० लाख बजेट छुट्याइएका छन् ।
उनकै निर्वाचन क्षेत्रमा विजयनगर-५ कटुवास्थित सामुदायिक भवन निर्माणका लागि पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयसँग अनुरोधमा २० लाख बजेट छुट्याएका छन् । प्रदेशसभा सदस्य कनोडियाले कृष्णनगर(१० स्थित राष्टसेवक आधारभूत विद्यालय भवन निर्माणका लागि २० लाख बजेटको उपलब्ध गराएका छन्।
विजयनगर(७ स्थित मदरसा अहिले सुन्नत भवन निर्माणका लागि शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमार्फत १० लाख बजेट छुट्याइएको छ। कृष्णनगर-११ कप्तानगन्जस्थित पहाडी बाबा मन्दिर निर्माणका लागि २० लाख बजेटको व्यवस्था गरिएको छ। कृष्णनगर-१ म रहेको अधुरो नेपाल भारत सीमा प्रवेशद्वार गेट निर्माणका लागि प्रदेश सरकारसँग माग गरी १६ लाख रकम छुट्याइएको छ। कृष्णनगर(२ कालीमाई मन्दिर जिर्णोद्वारका लागि १६ लाख रकमको व्यवस्था मिलाइएको कनोडियाको भनाइ छ ।
कपिलवस्तु बहुमुखी क्याम्पसको भवन निर्माणार्थ तौलिहवामा १५ लाख बजेट मिलाइएको छ । कृष्णनगर(२ स्थित श्रीराम जानकी मन्दिर जिर्णोदारका लागि १६ लाख रकम मिलाइएको छ। शिक्षमा जनताको सहज पहुँच रहोस् भन्ने हेतुले विद्यालय र मदरसाहरुलगायतका संस्थाहरुको भौतिक संरचना तथा सुरक्षका लागि समान तरिकाले बजेट छुट्याइएको कनोडिया भन्छन्।
कोभिड महामारीमा हजारौंको संख्यामा गास र बासको समस्यामा परेका जनतालाई राशन वितरण तथा स्यास्थ्य उपचारमा जनतालाई सहज हुनेगरी व्यववस्थापन गरेको स्मरण गर्दै कनोडिया भन्छन, ‘मारवाडी सेवा परिषद अतिथि सदन निर्माणार्थ ८५ लाख बराबरको रकम छुट्याइएको छ।’शिवराज–९ स्थित चिरइखोला नियन्त्रण कार्यक्रमका लागि ३० लाख बजेट छुट्याइएको छ।
शिवराज–७ स्थित नौगजवा फार्ममा डिप बोरिङ्ग जडानका लागि २० लाख बजेट छुट्याइएको छ। कृष्णनगर-१ गुर्चिहवा स्थित सुरही नदी नियन्त्रण कार्यका लागि रु।२० लाख बजेट छुट्याइएको छ। कपिलवस्तुका स्थानीयवासीहरु आफुलाई अबको मुख्यमन्त्रीका रुपमा देख्न चाहेको उनले बताए ।
स्थानीयवासी स्माइल मुसलमा भन्छन्, हामी यहाँबाट मुख्यमन्त्री बनाउन चाहन्छौं।’नेपाली कांग्रेसको संसदीय दलका नेता रहिसकेका कनोडिया कांग्रेस संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा निकट र सिधैं देउवासँग पहुँच भएका नेता हुन् । उनले आफु बिरुद्ध अहिले मिडियामा नचाहिने कुरारहरु आएको प्रति आफुालाई केही फरक नपर्ने बताए । उनले आफुले आफनो क्षेत्रमा काम गरेको र जनताले त्यसको मुल्यांकन गर्ने बताए ।
राजनितिक पुष्ठभूमि
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा कनौडिा लागेका थिए । पंचायती ब्यवस्था अन्त्य भए पछि कांग्रेसमा सकृय भएर लागेका उनी २०४९ सालमा तत्कालीन जिल्ला विकास समितका उप सभापति समेत बनेका थिए ।
कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहेको कनौडिया २०५६ सालमा तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट सांसदमा समेत निर्वाचित भएका थिए ।
२०६४ र २०७० सालमा भने उनी सांसदमा पराजित भएका थिए । २०५८ सालमा उनी जलश्रोत राज्यमन्त्री समेत बनेका थिए । २०७४ सालमा कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।