गृहपृष्ठ Featured तिनाउ नदीले बगाउँदा बालकको मृत्यु

तिनाउ नदीले बगाउँदा बालकको मृत्यु

पाल्पाको दोभानमा तिनाउ नदीले बगाउँदा ३ वर्षीय बालकको मृत्यु भएको छ ।

तिनाउ वडा नं. २ का खेमबहादुर सारुका ३ वर्षीय छोरा मायुस सारुको तिनाउ नदीले बगाउँदा आइतबार दिउँसो पौने २ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।

 

दिदी भाइ नुहाउन तिनाउ नदीमा गएको थिए । नदीले बगाएर सारुलाई डेढ किलोमिटर तल पुर्याएको थियो । बालक सारुलाई उपचारको लागि बुटवल लगेपनि डाक्टरले मृत घोषणा गरेको पाल्पा प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित् समाचार