गृहपृष्ठ Featured थप ४१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६९६

थप ४१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ६९६

प्रकाशित मिति:

काठमाडौं ।

थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२५० नमूना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४४५ र एन्टिजेनबाट ८०५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट २ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ५९ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ६९६ पुगेको छ।

सम्बन्धित् समाचार