गृहपृष्ठ Featured एमालेद्धारा प्रेमनगरमा चुनाव प्रचार-प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन

एमालेद्धारा प्रेमनगरमा चुनाव प्रचार-प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन

वैखरी अनलाइन, बुद्धभूमि ।

नेकपा एमालेले कपिलवस्तु क्षेत्र नम्बर २ (१) को चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । एमालेले जिल्लाको बुद्धभूमि नगरपालिका ५ प्रेमनगरमा प्रचार प्रसार समितिको सम्पर्क कार्यालय आईतबार उद्घाटन गरेको हो ।

कपिलवस्तु क्षेत्र नम्बर २ (१) कोे चुनाव प्रचार प्रसार समितिका सहसंयोजकमा सुसिला दर्लामीले सम्पर्क कार्यालयको उद्घाटन गरेकी हुन् ।

यस्तै एमालेले कपिलवस्तु क्षेत्र नम्बर २ (१) अन्तर्गत वडा नम्बरमा खोम बहादुर थापाको संयोजकत्वमा १५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको एमाले नगर उपसचिव पदम बहादुर क्षेत्रीले जानकारी दिए ।

संयोजक थापाले एमालेका उम्मेदवारलाई चुनावमा भारी मतले जिताउन आफु लागी पर्ने प्रतिविद्धता जनाएका छन् । उनले कपिलवस्तु क्षेत्र नम्बर २ मा एमालेले जित हासिल गर्ने दाबी गरे ।

सम्बन्धित् समाचार