नेपालमा मंगलबार करिब ३२ मिनेट सूर्य ग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार मंगलबार साँझ ४ बजेर ५२ मिनेटदेखि ५ बजेर २४ मिनेट जाँदासम्म ग्रहण लागेको हो।
यसपटकको सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको थियो। त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको थियो।
नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिँदैन र सूर्य सूर्यास्ततिर अग्रसर हुन जान्छ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।








