गृहपृष्ठ Featured कपिलवस्तु क्षेत्र नः २ (क) बाट थापा ग्रिन जोनमा

कपिलवस्तु क्षेत्र नः २ (क) बाट थापा ग्रिन जोनमा

वैखरी अनलाइन, बुद्धभुमी
कपिलवस्तु क्षेत्र नः २ मा अहिले उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन । कपिलवस्तु क्षेत्र नः २ मा सत्ता गठबन्धन र एमालेबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

कपिलवस्तु क्षेत्र नः २ (क) बाट सत्ता गठबन्धनबाट कांग्रेसका बिक्रम सिंह थापा र एमालेबाट नवराज लामिछाने (भुपाल) चुनावी मैदानमा छन ।

थापा नेपाली प्रहरीबाट अवकाश लिएका पुर्व एसएसपि हुन भने लामिछाने कांग्रेसको राजनितिबाट एमाले प्रवेश गरेका हुन ।
गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा कपिलवस्तु क्षेत्र नः २ भित्रका कांग्रेसका वडाध्यक्षहरुले ल्याएको कुल मत ३०९९८, एमाले २७२९८, जसपा ६९०८, लोसपा ६३८६, माओवादी ४४५९, राप्रपा २०३५, एस ६९१ रहेको छ । यसरी हेर्ने हो भने कपिलवस्तु क्षेत्र नः २ मा सत्ता गठबन्धनका ३ जना उम्मेदवारलेनै जित्न सहज देखिन्छ ।
क्षेत्र नः २ (क) बाट बिक्रम सिंह थापा ग्रिन जोनमा

सत्ता गठबन्धनबाट कपिलवस्तु क्षेत्र नः २ (क) म ग्रिन संकेत मिलेको पाइन्छ । उनलाई कांग्रेस जिताउन एक भएको छ भने थापालाई सत्ता गठबन्धनका दलहरु पनि चुनाव जिताउन लागी परेका छन । यसका साथै उनलाई एमालेको एक पक्षले प्रचार नगरेपनि चुनावमा सहयोग गर्ने बाचा गरेको स्रोतको दावि छ ।

यद्यपि उनले कांग्रेस र सत्तागठबन्धनको मात्र मत सुरक्षित गर्न सके भने उनलाई चुनाव जित्न निकै सहज हुने देखिन्छ । उनी मत माग्न अहिले घरदैलोमा छन ।

सम्बन्धित् समाचार