गृहपृष्ठ Featured युरोपेली च्याम्पियन्स लिग : बायर्न शीर्षमा, बार्सिलोना बाहिरियो

युरोपेली च्याम्पियन्स लिग : बायर्न शीर्षमा, बार्सिलोना बाहिरियो

बायर्न म्युनिकले बुधबार युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को शीर्ष स्थान हात पारेको छ । बायर्नले नु क्याम्पमा भएको खेलमा बार्सिलोनालाई ३–० ले हरायो । समूहको अर्को खेलमा इन्टर मिलानले यसअघि नै भिक्टोरिया प्लाजेनलाई ४–० ले हराइसकेको हुनाले बार्सिलोना प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको थियो ।

बार्सिलोना प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको यो लगातार दोस्रो सिजन हो र अब उसले युरोपा लिग खेल्नेछ । बायर्नको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पभार्डले गोल गरे । यससँगै इन्टर पनि अन्तिम १६ मा पुग्यो । समूह ‘ए’ बाट लिभरपुल पनि नकआउट चरण पुगेको छ ।

उसले आयाक्सलाई ३–० ले हरायो र त्यसमा मोहम्मद सलाह, डारविन नुनेज तथा हार्भे इलिटले गोल गरे । लिभरपुलको पाँच खेलबाट १२ अंक भएको छ भने नेपोली १५ अंकमा शीर्षमा छ । नेपोलीले अर्को खेलमा रेन्जर्सलाई ३–० ले हरायो । यस्तै, समूह ‘डी’ मा अन्तिम चरणका खेल अगाडि सबै सम्भावना खुला रहेको छ ।

त्यसमा टोटनहमले स्पोर्टिङ लिस्वनसँग १–१ को बराबरी खेल्यो भने अन्ट्राख्ट फ्रायन्कफर्टले मार्सेलाई २–१ ले हरायो । टोटनहम आठ अंकमा समूहको पहिलो स्थानमा छ भने त्यसपछि स्पोर्टिङ फ्रान्कफर्टको समान सात तथा मार्सेको छ अंक छ । समूह ‘बी’ बाट एटलेटिको म्याड्रिड बाहिरएको छ

उसलाई बायरले भरकुजनले २–२ को बराबरीमा रोक्यो । दुवैको प्रतियोगितामा चुनौती समाप्त भएको छ । यस समूहबाट क्लब ब्रुग र एफसी पोर्टो अगाडि बढेका छन् । पोर्टोले अर्को खेलमा ब्रुगलाई ४–० ले पन्छायो । हारका बावजुत ब्रुग्स १० अंकमा शीर्ष स्थानमा छ भने पोर्टोको नौ अंकमा दोस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार