घरेलु टोली अष्ट्रेलियाले टी-२० विश्वकपमा दोस्रो जित निकालेको छ । सुपर १२ अन्तर्गत समूह ‘ए’ को खेलमा अष्ट्रेलियाले सोमबार आयरल्याण्डलाई ४२ रनले पराजित गरेको हो ।
जितपछि चार खेलबाट ५ अंक जोडेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समान ५ अंक नै रहेको न्युजिल्याण्ड राम्रो रनरेटसहित शीर्ष स्थानमा छ ।








