गृहपृष्ठ Featured नवलपरासी : माओवादीका २ बागीको उम्मेदवारी निष्क्रिय

नवलपरासी : माओवादीका २ बागीको उम्मेदवारी निष्क्रिय

प्रकाशित मिति:

परासी ।

नवलपरासीमा माओवादी केन्द्रबाट बागी बनेका २ जना उम्मेदवारले उम्मेदवारी निष्क्रिय बनाएका छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी सीता बौडेल र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा उम्मेदवारी दिएका चन्द्रकान्त ढकालले विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् ।

उम्मेदवारी निष्क्रिय बनाए पनि उम्मेदवारको समर्थनका बारेमा उनीहरु मौन छन् ।

नवलपरासी जिल्ला सहइञ्चार्जसमेत रहेकी बौडेलले सोही निर्वाचन क्षेत्रबाट २०६४ सालमा संविधानसभा निर्वाचन जितेकी थिइन् । ढकाल पार्टीका प्रदेश परिषद् सदस्य हुन् ।

विज्ञप्तिमा उनीहरुले गठबन्धन विपरीत कांग्रेसले अनाधिकृत रुपमा उम्मेदवार दर्ता गरेकाले पार्टीलाई दबाव दिन र आन्दोलनको रक्षाका लागि उम्मेदवारी दिनु परेको बताएका छन् ।

सत्तागठबन्धनले सो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’मा नेपाली कांग्रेस र प्रदेशसभा‘ख’ मा माओवादी केन्द्रलाई बाँडफाँड गरेर सिट दिएको थियो ।

सम्बन्धित् समाचार